Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इन्डोनेशियामा बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९० पुग्याे

इन्डोनेशियामा बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९० पुग्याे

  • चैत्र २३, २०७७ सोमवार १६:०६ बजे
  • 594
    SHARES
  • इन्डोनेशियामा बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९० पुग्याे

    जकार्ता । इन्डोनेशियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।  

    यस बाढीबाट इन्डोनेशिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेशियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेशियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताएका छन् ।

    इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । 

    बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

  • सम्बन्धित विषय:

  • # इन्डोनेशिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij