काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा जारी युद्धको विपक्षमा र त्यहाँ प्रजातन्त्र पुनर्बहाली हुनुपर्छ भन्ने पक्षमा नेपाल सरकार रहेको बताएका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले म्यानमारमा सैन्य 'कू' भएकै दिनदेखि नेपाल सरकारले प्रजातन्त्रको पक्षमा धारणा राख्दै आएको जानकारी दिए ।
‘त्यहाँको सेनाले गिरफ्तार गरेको प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीलगात नेताहरुलाई चाँडोभन्दा चाँडो रिहाइ गरोस् भन्ने हाम्रो माग छ,’ एमालेका सांसद तथा पार्टीका प्रवक्तासमेत रहेका ज्ञवालीले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij