वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ३३३ जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
आज देशभर २८६ जना कोरोना संक्रमितको आईसीयूमा र ४७ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा ३४ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेश प्रदेशमा १७ जना आईसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १९८ जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा ९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै कर्णाली प्रदेशमा ५ जना आईसीयूमा लपचाररत पचाररत छन भने सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij