काठमाडौं । पछिल्ला चार दिनमा विश्वभरको मौसम बदलिएको छ । युरोपमा हिमपात र एशियाली देशमा बाढीले विध्वंस मच्चाएको छ । तीन दिन अगाडि इन्डोनेशियामा चक्रवाती आँधिका कारण भीषण बाढी भएको थियो ।
बाढीपछि त्यहाँ पहिरो गयो । बाढी र पहिरोमा परेर एक सय ७६ जनाको मृत्यु भएको छ । त्यहाँको बाढीपहिरोको विनाशले २५ हजार मानिस प्रभावित भएका छन् । यो आँधिको प्रभाव सिंगापुर एवं यसको आसपासको क्षेत्रमा पनि परेको थियो ।
पहिरोका कारण सडक क्षतिग्रस्त भएका छन् । अर्कोतर्फ, आर्कटिक तर्फबाट चलेको हावाको प्रभावले बेलायत तथा स्लोभेनियासहित युरोपका पहाडी देशमा हिमपात भएको छ । हिउँ परेपछि त्यस क्षेत्रको तापक्रम घटेको छ ।
मौसम विभागका अनुसार त्यस क्षेत्रमा हिमपातपछि वर्षा हुन सक्छ । बेलायतमा अत्याधिक गर्मी सुरु हुनेबित्तिकै चिसो पुनः फर्किएको छ । आइतबार राति आर्कटिकले चिसो हावाले हिमपात गराएको छ ।त्यहाँ तापक्रम माइनस तीन डिग्रीसम्म पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij