वेबटिभी खबर
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ७३ नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ५६ हजार ४५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त हुँदा १६ जना संक्रमितको निधन भएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij