काठमाडौं । अभिनेता भुवन केसीले माइतीघर २ फिल्म निर्माण गर्ने भएका छन् । द सुपर काजोल फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहनेछन् ।
सुबोध चोपडाले निर्देशन गर्न लागेको फिल्मका लागि यतिबेला कलाकार छनोटको काम भइरहेको निर्माता केसीले जानकारी दिए । फिल्मको नयाँ वर्षबाट छायांकन सुरु गरिने बताइएको छ ।
सन् १९६६ मा निजी क्षेत्रको लगानीमा पहिलोपटक फिल्म ‘माइतीघर’ निर्माण भएको थियो ।
स्वर्गीय बि.एस.थापाले निर्देशन गरेकाे फिल्म ‘माइतीघर’ मा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनीकाे मुख्य भूमिका थियाे । फिल्मको ‘जुन माटोमा मेरो’ गीतलाई तत्कालिन राजा महेन्द्रले लेखेका थिए ।
यो फिल्मलाई चलचित्र विकास बोर्डले अहिले डिजिटलाइजेसन गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij