Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानमन्त्रीले प्रतिनिधिसभालाई बन्धक बनाएको देवेन्द्र पौडेलको आरोप 

प्रधानमन्त्रीले प्रतिनिधिसभालाई बन्धक बनाएको देवेन्द्र पौडेलको आरोप 

  • चैत्र २६, २०७७ बिहिवार १५:५५ बजे
  • 759
    SHARES
  • प्रधानमन्त्रीले प्रतिनिधिसभालाई बन्धक बनाएको देवेन्द्र पौडेलको आरोप 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई  बिजनेस नदिएर बन्धक बनाएको आरोप लगाएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पौडेलले प्रधानमन्त्रीले पुस पाँचको कदमलाई सही प्रमाणित गर्न प्रतिनिधिसभालाई कुनै बिजनेस नदिएको हुनसक्ने आशंका व्यक्त गरे ।

    ‘ब्युँतिएको प्रतिनिधिससभालाई विघटन गर्नका लागि सरकारले बिजेनस नदिएर, काम कदारबाही नदिएर सरकारले हिजो गरेका निर्णयहरूलाई वर्तमानमा पुष्टि गर्नको निम्ति संसदको आवश्यकता छैन भनेर निस्क्रिय पार्ने काम कतैबाट पनि नहोस्,’ पौडेलले भने ।

    राजनीतिक समस्या भए दलहरूसँग परामर्श गरेर संसदलाई चलायमान बनाउन सरकारसमक्ष पौडेलको माग छ ।

    ‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहान्छ यो संसदलाई सक्रिय बनाउनुहोस्,’ उनले भने, ‘राजनीतिक दलहरूसँगको समस्या हो भने राजनीतिक दलसँगै छलफल अगाडि बढाइयोस् ।’

  • सम्बन्धित विषय:

  • # देवेन्द्र पौडेल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij