Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तीन किलो सेतो धातुसहित भारतीय नागरिक पक्राउ

तीन किलो सेतो धातुसहित भारतीय नागरिक पक्राउ

  • 466
    SHARES
  • तीन किलो सेतो धातुसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने तीन किलो सेतो धातुसहित प्रहरीले २६ वर्षीय पिन्टु मण्डललाई पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौं आउने क्रममा  ना १ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी काठमाडौं न्युरोडमा बसोबास गर्ने भारत पश्चिम बंगाल घर भएका मण्डललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    उनलाई उक्त धातु्सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij