वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २३४ जना कोरोना संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
आज देशभर २०० जना कोरोना संक्रमितको आईसीयूमा र ३४को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेश प्रदेशमा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३६ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा ८ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा १ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमणका विरामीलाई आईसीयूमा र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वस्थ्य मन्त्रालयले जारी तथ्यांकमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij