Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चोलेन्द्रमाथिको महाभियोग सकारात्मकः सर्वोच्च बार

चोलेन्द्रमाथिको महाभियोग सकारात्मकः सर्वोच्च बार

  • फाल्गुण १, २०७८ आइतवार २०:०५ बजे
  • 500
    SHARES
  • चोलेन्द्रमाथिको महाभियोग सकारात्मकः सर्वोच्च बार

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ । 

    आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । 

    ‘प्रतिनिधि सभाका ९८ जना माननीय सदस्यहरुले प्रधानन्यायाधीश राणाका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरी न्यायालयमा भएका विकृति, विसङ्गति तथा भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमले न्यायालय भित्रका समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  यस बारको ठम्याइ छ,’ विज्ञप्तिमा जनाइएको छ । 

    Avatar

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij