Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिक्षामन्त्रीले भने- हामी विद्यालय नक्सांकनको तयारीमा छौं

शिक्षामन्त्रीले भने- हामी विद्यालय नक्सांकनको तयारीमा छौं

  • 1.1K
    SHARES
  • शिक्षामन्त्रीले भने- हामी विद्यालय नक्सांकनको तयारीमा छौं

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन् ।

    आइतबार एक मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताए । 

    देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइनमार्फत हेरेर आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिने मन्त्री पौडेलको भनाइ छ ।

    ‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेबसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ,’ मन्त्री पौडेलले भने, ‘कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेबसाइटमा हेरेर थाहा हुन्छ । सामुदायिक विद्यालय हरेक दृष्ट्रिले सुविधासम्पन्न हुनुपर्छ ।’

    मन्त्रालयमा आउने सबैले सार्वजनिक शिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको मन्त्री पौडेलले खुलाए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij