Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षद्धारा पदभार ग्रहण

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षद्धारा पदभार ग्रहण

  • 897
    SHARES
  • धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षद्धारा पदभार ग्रहण

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । उनले आइतबार बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए ।

    पदभार ग्रहण गर्दै हमालले पुँजी बजार क्षेत्रमा रहेका साना लगानीकर्ताहरुको हितका लागि आफूले काम गर्ने बताए ।

    सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न ढिलाइ हुँदा बोर्डको नियमित कार्यसम्पादनमा असर परिरहेको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij