Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पहिलो चरणको मतदानले छान्न सकेन कांग्रेस कैलालीको नेतृत्व, दोश्रो चरणमा निर्वाचन हुने

पहिलो चरणको मतदानले छान्न सकेन कांग्रेस कैलालीको नेतृत्व, दोश्रो चरणमा निर्वाचन हुने

  • फाल्गुण १६, २०७८ सोमवार २०:०५ बजे
  • 378
    SHARES
  • पहिलो चरणको मतदानले छान्न सकेन कांग्रेस कैलालीको नेतृत्व, दोश्रो चरणमा निर्वाचन हुने

    धनगढी । कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोश्रो चरणमा निर्वाचन हुने भएको छ ।

    आइतबार भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिंदा सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोश्रो चरणको निर्वाचन हुने भएको हो ।

    कांग्रेसको विधान अनुसार तीन भन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिएका थिए ।

    सोमबार सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाएका छन्, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । दोश्रो चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ । 

    दोश्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।
     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij