Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वैशाख ११ गते धरहरा उद्घाटन गरिने

वैशाख ११ गते धरहरा उद्घाटन गरिने

  • चैत्र ३१, २०७७ मंगलवार ११:४४ बजे
  • 1.0K
    SHARES
  • वैशाख ११ गते धरहरा उद्घाटन गरिने

    काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् । 

    ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको अन्तिम दिनमा उनले भूकम्प संग्राहलयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए । 

    भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

    सम्पदाका मौलिक एवम् आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद् विषय भएको उनको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # उद्घाटन
  • # धरहरा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij