वेबटिभी खबर
काठमाडौं । सुन साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रूपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रूपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij