Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अदालतबाट सफाई पाउनेमा ढुक्क छु : सुरेन्द्र प्रसाद सिंह (अन्तर्वार्ता) 

अदालतबाट सफाई पाउनेमा ढुक्क छु : सुरेन्द्र प्रसाद सिंह (अन्तर्वार्ता) 

  • 1.9K
    SHARES
  • अदालतबाट सफाई पाउनेमा ढुक्क छु : सुरेन्द्र प्रसाद सिंह (अन्तर्वार्ता) 

    नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन फागनु २३ गते सोमबार हुँदैछ । अधिवेशनमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सुरेन्द्र प्रसाद सिंहले सभापतिमा खडा भएका छन् । लगातार दुई कार्यकाल (१० वर्ष) उपसभापति बनिसकेका सिंह सभापतिमा उम्मेदवार खडा भएपछि उनीमाथि लागेको भ्रष्टाचारको मुद्दाको विषय जोडतोडले उठेको छ । सिंह मनुष्मारा सिंचाई आयोजनाको उपभोक्ता समिति अध्यक्ष भएका बेला त्यहाँ रोपिएका हजारौं सिसौका रुख फडानी भएका थिए । सोही मुद्दामा सिंहलाई समेत विपक्षी बनाएर अख्तियार दुरुपयोग अुनसन्धान आयोगले मुद्दा चलाएको थियो । सोही मुद्दामा विशेष अदालत र सर्वाेच्च अदालतले उनको विपक्षमा फैसला गरिसकेको छ । त्यस उपर उनले अहिले पुनरावलोकनको निवेदन सर्वोच्च अदालतमा दिएका छन् । 

    जिल्ला सभापतिमा उम्मेदवारी, उनीमाथि चलेका मुद्दा लगायतका विषयमा केन्द्रीत भएर वेबटिभी खबरले गरेको कुराकानीको सम्पादीत अंशः 

    दुई पटक उपसभापति भएपछि जिल्ला सभापतिमा चुनाव उठ्नु भएको छ । जित्नु हुन्छ ?

    मैले जित्ने निश्चित छ । दुर्ईपटक जिल्लाको उपसभापति भएर अहिले सभापतिका लागि उम्मेदवारी दिएको हुँ ।

    साथीहरुको काँधमा काँध हातमा हात मिलाएर काम गरेका छौँ । सबैको दुःख–सुःखमा काम गरेका छौँ । सबैलाई मिलाएर लान सक्ने मान्छे भएको नाताले साथीहरुको चाहना अनुरुप नै मैले उम्मेदवार दिएको हुँ ।

    अर्का प्रत्यासी लक्ष्मण राय त्यागी, पुरानो र खारिएको नेता हुनुुहुन्छ । तपाई पहिला उहाँको कार्यकालमा पहिलो पटक उपसभापति हुनभएको थियो । अहिले उहाँसँगै चुनावमा प्रतिस्पर्धा कस्तो लागेको छ ?

    लक्ष्मण दाइ हाम्रो आदरणीय दाइ नै हुुनुहुन्छ । हाम्रो गुरु नै हो । उहाँलाई हामी सधैँ सम्मान नै गछौँ । पार्टीका साथिहरुले तपाई युवा हो । तपाईको प्रतिनिधित्व हुनुपर्छ, तपाईले जितेर पार्टीको लागि केही गर्नुपर्छ भनेपछि मैले उम्मेदवारी दिएको हुँ ।
    अहिलेको जिल्लाको अवस्था पनि त्यति राम्रो नभएकाले सबै साथीहरुको आग्रहमा म अघि बढेको छु ।

    लक्ष्मण दाइ र म जहाँ पनि सँगै नै हुने हो । दाइलाई भेट्दा म जहिले पनि शिर निहुराएर आर्शिवाद माग्ने मान्छे हो । दाइले पनि आर्शिवाद र बधाई दिनुभएको छ ।

    तपाईलाई संस्थापन पक्षको उम्मेदवार भनिएको छ । सर्लाहीमा त संस्थापनइतर समूह बलियो भन्ने छ नि ?

    संस्थापन पक्ष कि संस्थापनइतर पक्ष बलियो भन्ने भन्दा समग्र कांग्रेस पार्टीलाई बलियो र कार्यकर्ताहरुलाई एकजुट बनाउन मेरो उम्मेदवारी हो । म नेपाली कांग्रेसको जिल्ला सभापतिको उम्मेदवारी बनेको छु । पार्टीलाई गुठगत भन्दा पनि संगठनिक संरचनामा अघि बढाउनुपर्छ भन्ने मेरो मान्यत हो । 

    तपाईमा जित्ने आधार के-के हुन ? 

    सबै साथीहरुले मैले गरेका कामलाई मुल्यांकन गरेर जिल्ला सभापतिमा उम्मेदवारी दिन अग्रसर गर्नुभएको हो । मैले पार्टीलाई सार्लाही जिल्लामा एक नम्बरको पार्टी बनाउन धेरै मेहनत पनि गरेको छु । मैले जित्ने आधार भनेको पनि त्यही काम र साथीभाइहरुको साथ सहयोग र हौसला नै हो । 

    तपाई ठेकेदार पृष्ठभूमिबाट राजनीतिमा आएको भन्ने छ । व्यापार व्यवसायमा भन्दा किन राजनीतिमा रमाउनु भयो ?

    व्यापार व्यवसाय कान्छो भाइले गर्छ । तपाईले नै भन्नु भयो नि तपाई दुई पटक उपसभापति भइसकेको भनेर । म एक दशकदेखि सक्रिय राजनीतिमा छु नि । कृषक, व्यवसायीहरुले राजनीति गर्न पाउँदैन भन्ने पनि कतै उल्लेख पनि त छैन नि हैन ?

    मैले व्यवसाय दश वर्षअघि गर्थें । जब मैले उपसभापति भएर सक्रिय राजनीतिमा प्रवेश गरें त्यही बेलादेखि मैले व्यापार व्यवसाय गरेको छैन । परिवारका अन्य सदस्यले गर्छन । अहिले म पूर्ण रुपमा राजनीतिमा छु । 

    तपाईलाई भ्रष्टाचार मुद्दामा विशेष अदालत र सर्वाेच्च अदालतले सजाय गरेको भन्ने आरोप छ । भएको के हो ?
    हामी पार्टी अन्तर्गतको राजनीति गर्छाै । मुद्दा लाग्ने वित्तिकै केही हुने पनि हैन । कसैले कसैलाई फसाउनको लागि पनि मुद्दा हालेको हुन सक्छ ।

    तपाईमाथि कसैले मुद्दा हालिदियो भने तपाई दोषी हो भन्न मिल्दैन । मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कसैले–कसैलाई केही भन्न मिल्दैन ।

    पदाधिकारीमा हुँदा यस्ता खालका कुनै कुरा नआउने तर अहिले सभापतिको उम्मेदवार हुँदा तथ्यहीन र मैले गर्दै नगरेको कुरा उठेका छन् ।

    म निर्दाेष छु भन्ने कुरा मलाई थाहा छ । अदालतबाट सफाई पाउनेमा ढुक्क छु ।

    सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij