Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार

सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार

  • 1.0K
    SHARES
  • सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार

    काठमाडौं । कांग्रेसको वडा अधिवेशनकै बेला गोली चलेको, निर्वाचन अधिकृत कुटिएको काण्डबाट चर्चित सर्लाहीको जिल्ला अधिवेशनमा संस्थापन पक्षले अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको व्यक्तिलाई सभापतिमा उम्मेदवार बनाएको छ ।

    संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बनेका सुरेन्द्र प्रसाद सिंहमाथि सर्वाेच्च अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधिन छ । सिंह फागुन २३ गते सोमबार हुने जिल्ला अधिवेशनमा संस्थापन समूहबाट सभापतिको उम्मेदवार बनेका छन् ।

    मनुष्मारा व्यारेजको हजारौं सिसौका रुख अबैध फडानी गरेको मुद्दामा विशेष अदालत र सर्वाेच्च अदालतबाट भ्रष्टाचार ठहर भएका सिंहलाई संस्थापन पक्षले जिल्ला सभापतिको उम्मेदवारको रुपमा उभ्याएको छ । २०५८ सालतिर व्यारेजको उपभोक्ता समिति अध्यक्ष रहेका सिंहकै नेतृत्वमा सिसौ फडानी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा उनीमाथि भ्रष्टाचार ठहर भएको हो । 

    विशेष र सर्वाेच्चबाट भ्रष्टाचार ठहर भए पनि सिंहले सर्वाेच्च अदालतमा पुनारावलोकनको निवेदन दिएका छन् । ‘अहिले मुद्दा पुनारवालोकन कै क्रममा छ,’ सिंह निकट उनका पुराना सहयोगीले भने, ‘पुनारावलोकनमा सफाइ नपाए जुनुसुकै बेला अदालतको फैसलाअनुसार कारवाही हुन्छ ।’ विशेषले गरेको फैसला उपर सर्वाेच्चमा दिएको पुनारावेदनबाट उनको कैद र जरिवाना घटेको र त्यस उपर पनि पुनारावलोकन गरि पाउँ भनेर सिंहले निवेदन दिएका हुन् ।

    यसअघि सिंह प्रदेश सांसदमा उठ्न खोजे पनि आदलतबाट भ्रष्टाचार मुद्दा चलेकाले उम्मेदवारी खारेज हुनसक्ने भन्दै उनले आफ्नो भाइ वीरेन्द्रलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएका थिए । हाल वीरेन्द्र मधेस प्रदेश सरकारको महिला, बालवालिका तथा खेलकुद मन्त्री छन् । 

    भ्रष्टाचार मुद्दा पुनरावलोकनकै क्रममा रहँदा सिंहलाई पार्टी सभापतिको उम्मेदवार बनाएकोमा संस्थापनकै धेरै नेता असन्तुष्ट छन् । ‘पैसाकै बलमा नेताहरुलाई प्रभावमा पारेर सभापतिमा सिंहले आफ्नो नाममा समर्थन गराउन सफल भए,’ संस्थापन पक्षका एक नेताले भने, ‘हामी कांग्रेसको लागि लड्दा लड्दै निर्धन भएकाले सभापतिमा योग्य हुन सकेनौं, अहिले पैसा हुनेहरुकै बोलबाला रहेछ । नेताहरुले पनि पैसा हुनेकै कुरा सुन्ने रहेछन् ।’ जति पनि पैसा खर्च गरेर जित्न सक्ने भनेर संस्थापनले सिंहलाई उम्मेदवार बनाएको उनले आरोप लगाए ।

    सर्लाहीमा संस्थापन पक्ष कमजोर मानिन्छ । त्यसमाथि यसपटक बिमलेन्द्र निधि पक्षले संस्थापन इतरलाई जिल्लाको चुनावमा सहयोग गर्नसक्ने भएकाले संस्थापनले पैसा खर्च गरेर चुनाव जित्न सक्ने उम्मेदवार खोजेको जिल्लामा चर्चा चलेको छ ।

    संस्थापन इतरबाट भने लक्ष्मण राय जिल्ला सभापतिको उम्मेदवार बनेका छन् । राय प्रजातन्त्रका लागि भएका हरेक आन्दोलनमा होमिएका इमानदार, सज्जान, अडान राख्न सक्ने, निडर र लडाकु नेतामा गनिन्छन् । सभापतिमा राय योग्य भए पनि पैसाको चलखेलका कारण जिल्लामा सिंह हावी भएका छन् । 

    पार्टी सभापति जित्नका लागि सिंहले संसदीय चुनावमा जसरी खर्च गरेका छन् । संस्थापन पक्षबाट सभापतिमा बलियो दावेदारी प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहको थियो । कुशवाह इमानदार, असर र सबै आन्दोलनमा सहभागी नेता हुन् । कुशवाह र रायको चुनाव हुँदा टक्कर कडा हुने अनुमान थियो । तर, सबै नेता सिंहको पक्षमा एकलौटी भएपछि कुशवाहले आफ्नो दावी स्थगित गरे । पैसाको बलमा निर्णय भएको भन्दै असन्तुष्ट कुशवाह कसैको पनि प्रचारमा देखिएका छैनन् । 

    संस्थापन पक्षका नेता एवं वर्तमान पार्टी सभापति नागेन्द्रकुमार रायले सिंहमाथि मुद्दा चलेको स्वीकार गर्दै त्यसै कारणले सभापतिमा उठ्न नमिल्ने भन्ने नभएको बताए । नागेन्द्र राय महाधिवेशन प्रतिनिधिमै पराजित भएकाले सिंहले संस्थापनबाट सभापतिमा उठ्ने मौका पाएका हुन् । 

    सिंहले मुद्दा लाग्ने वित्तिकै दोषी हो भन्न नमिल्ने र फसाउनकै लागि झुठा मुद्दामा पोल्ने गरेको उनले स्पष्टिकरण दिए । उनले आफू निर्दाेष भएको र अदालतबाट सफाई पाउने कुरामा ढुक्क रहेको बताए । 

    १० वर्ष पार्टीको उपसभापति हुँदा यी प्रश्नहरु नउठेको र अहिले नियोजित रुपमा यस्ता कुरा फैलाइएको उल्लेख गर्दै उनले भने, 'पदाधिकारीमा हुँदा यस्ता खालका कुनै कुरा नआउने तर अहिले सभापतिको उम्मेदवार हुँदा तथ्यहीन जुन मैले गर्दै नगरेको कुरा उठेका छन् ।'

    कांग्रेस सर्लाही अधिवेशन : पैसा र आदर्शको लडाइँ कांग्रेस सर्लाही अधिवेशन : पैसा र आदर्शको लडाइँ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij