वेबटिभी खबर
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-२ शम्शेरगञ्ज जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका-४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८११९ नम्बरको स्कारपियोले कार्यालय तर्फ फर्किदै गरेकाे थारु सवार भे ५ प ७१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij