Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

  • 412
    SHARES
  • अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएको हो ।

    अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत  हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०:३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्नेछ ।

    यसअघि कम्पनीले  गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij