Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ

मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ

  • 406
    SHARES
  • मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ

    सुनसरी । सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् ।

    प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो ।

    सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका-८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई बिवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानको क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij