Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सिड्नीमा होली फेस्टिभल

सिड्नीमा होली फेस्टिभल

  • 411
    SHARES
  • सिड्नीमा होली फेस्टिभल

    काठमाडौं । नेपालपछि नेपाली फेस्टिभलमा उत्तिकै मनाइनेमध्येको एक सहर हो सिड्नी । अस्ट्रेलियामा रहेको सिड्नीमा प्रायः नेपाली फेस्टिभलमा नेपालीहरूले सेलिब्रेट गर्ने गर्छन् ।  तर विगत दुई वर्षयता कोरोना भाइरसको महामारीका कारण फेस्टिभल भइरहेका थिएनन् ।

    भएका फेस्टिभल पनि सामान्य थिए । तर कोरोना भाइरसको असर कम भएसँगै पुनः कार्यक्रम हुन थालेका छन् । होलीलाई लक्षित गर्दै १९ मार्चमा सिड्नीमा दुईवटा कार्यक्रम हुँदैछन् ।

    विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको फन्टास्टिक इभेन्ट्सले सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना गर्दैछ । १९ मार्चमा हुने कार्यक्रमलाई होल्ड्रेड गार्डेन्स, मेरिल्यान्डसमा आयोजना गरिँदैछ ।

    ‘सिड्नी होली मेला’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमका लागि कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्लेलगायत सहभागी हुँदैछन् ।

    १९ मार्चमै कमेरो इभेन्ट्स र रकडेल ब्वाइजको आयोजनामा सिड्नीको ग्रयानभिल पार्क मेरिल्यान्डमा ‘सिड्नी होली फेस्टिभल’  हुँदैछ । होली कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका परिचित अनुहारहरू कालीप्रसाद बास्कोटा, प्रकाश सपूत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेसलगायतका कालाकर्मीले प्रस्तुति दिने छन् ।

    कोरोना भाइरसको महामारीका कारण दुई वर्षको अन्तरालमा हुने कार्यक्रममार्फत सिड्नीवासी नेपालीले मनोरञ्जन पाउने विश्वास आयोजकको छ । 

  • सम्बन्धित विषय:

  • # होली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij