Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाई [फोटो फिचर]

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाई [फोटो फिचर]

  • 436
    SHARES
  • काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाई [फोटो फिचर]

    काठमाडौं । फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए ।

    सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

    ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको प्रवक्ता शर्माले बताए । तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ ।

    गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको प्रवक्ता शर्माले बताए । 

    274877010_968354563885225_4478443994037653845_n.jpg.jpg

    275630752_3013435672301947_5379534933582344328_n.jpg.jpg

    275630752_778769716430125_8401494867567946584_n.jpg.jpg

    275577451_956327048413071_6269974023108610417_n.jpg.jpg

    275219366_224931336485601_3614410047254341344_n.jpg.jpg

    275298714_671727437579844_2237599991364606302_n.jpg.jpg

    274877010_968354563885225_4478443994037653845_n.jpg.jpg

    275910922_309513424503283_867212657961727335_n.jpg.jpg

    275847779_484285833335752_5327396615679229495_n.jpg.jpg

    275671610_700235094343604_6799854845561559609_n.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij