Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 373
    SHARES
  • बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राझाँ चोकमा मंगलबार टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७० वर्षीय विरबली भण्डारी रहेका छन् ।

    घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले भण्डारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

    ठक्कर दिने टिपरसहित चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij