Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाल बारको केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु

नेपाल बारको केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु

  • 572
    SHARES
  • नेपाल बारको केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु

    काठमाडौं । नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ ।

    नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको हो ।

    मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा ९ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा ५ हजार ७०० र उपत्यका बाहिर ३ हजार ५०० रहेका छन् ।

    नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

    उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।

    बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी ८ जनाको उम्मेदवारी परेको छ । काठमाडौं केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार वटा बुथको व्यवस्था गरिएको छ । काठमाडौं केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप धादिङ, नुवाकोट, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका मतदाताले मतदान गर्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij