Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

  • 480
    SHARES
  • धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

    कञ्चनपुर । धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका-६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदकाे झारफुककै क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

    साउँदलाई धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घर आएर झारफुक गर्ने गरेका थिए । साँउदको मृत्यु शुक्रबार भएपनि घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

    स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थिए । प्रहरी उपरीक्षक चौधरीका अनुसार झारफुकमा संलगन भट्टद्वयलाई नियन्त्रणमा लिएको र महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए ।

    ‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ’,उनले भने,‘दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।’ बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

    ‘धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ’,उनले भने,‘बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij