Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने चितवनको मञ्च हावाहुरीसहितको पानीले लथालिङ्ग 

गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने चितवनको मञ्च हावाहुरीसहितको पानीले लथालिङ्ग 

  • 719
    SHARES
  • गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने चितवनको मञ्च हावाहुरीसहितको पानीले लथालिङ्ग 

    काठमाडौं । गठबन्धन दलले आज चितवनको भरतपुरमा गर्ने चुनावी सभाका लागि तयार गरेको मञ्च हावाहुरी र पानीले लथालिङ्ग बनाएको छ । 

    आजको कार्यक्रमका लागि बुधबार नै तयार पारिएको मञ्च रातिको वर्षाका कारण डुबेको छ भने हावाहुरीले मञ्च भत्काएको छ । 

    प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगेका छन्।
    चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

    भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij