Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आज स्थानीय तह निर्वाचन: एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा

आज स्थानीय तह निर्वाचन: एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा

  • 812
    SHARES
  • आज स्थानीय तह निर्वाचन: एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा

    काठमाडौं । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

    कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिकासहित ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । 

    स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ती मध्ये ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । 

    आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । 

    निर्वाचनमा एक लाख नौ हजार ८८ जना कर्मचारी तथा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij