Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

धनुषाकाे ९ वटा वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

धनुषाकाे ९ वटा वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

  • 582
    SHARES
  • धनुषाकाे ९ वटा वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

    जनकपुरधाम । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । 

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् । बटेश्वर गाउँपालिका-१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका-१ मा सीताराम महतोले चुनाव जितेका छन् । 

    एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका-१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका-१ मा सन्तोष गोइत विजयी भएका छन् । माओवादी केन्द्रले कमला नगरपालिका-१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका-१ मा विजयी भएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij