Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काठमाडौंका सिडिओ भन्छन्- घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गर्छौं  

काठमाडौंका सिडिओ भन्छन्- घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गर्छौं  

  • 1.3K
    SHARES
  • काठमाडौंका सिडिओ भन्छन्- घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गर्छौं  

    काठमाडौं । सरकारले काठमाडौंमा निषेधाज्ञा जारी गर्नुपूर्व सर्वसाधारणलाई दुई दिनको समय दिने भएको छ ।

    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि दुई दिनको समय दिइने बताए । 

    सोमबार काठमाडौंका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाबीच केहीबेर अघि बसेको बैठकले उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गर्नुअघि कम्तीमा दुई दिनको समय दिनका लागि सरकारलाई सिफारिस गरेको छ ।

    कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाई गर्न लागिएको उनले स्पष्ट पारे । त्यस्तै नागरिकलाई सहज होस भनेर कही क्षेत्र भने खुल्ला गर्न सकिने पराजुलीले जानकारी दिए । उनले कोरोना नियन्त्रण र रोकथानका लागि अनुगमन र माइकिङ लगायतलाई तीव्रता दिएपनि त्यसले नपुग्ने देखिएकाले कडाई गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

    कडाईका क्रममा दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोक्ने तयारी भएको छ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology