Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

  • 400
    SHARES
  • विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    उनले निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    मिश्रले भनेका छन्  ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ । गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij