Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं महानगर : अझै तीन वटा वडाको मत गन्न बाँकी

काठमाडौं महानगर : अझै तीन वटा वडाको मत गन्न बाँकी

  • 481
    SHARES
  • काठमाडौं महानगर : अझै तीन वटा वडाको मत गन्न बाँकी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र (बालेन) साहको जित सुनिश्चित भएको छ । यद्यपि, अझै तीन वटा वडाको मत गन्न बाँकी नै छ । २९ वटा वडाको मतगणना सकिएको छ भने वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ । 

    हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा मेयर पदका बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका छन्। दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छिन् ।

    त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन्।

    काठमाडौंमा मेयर पदका लागि १ लाख ५४ हजार ८९५ सदर मत परेको छ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij