Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वायुसेवा निगमका अध्यक्षलाई निलम्बन गर्न प्रस्ताव

वायुसेवा निगमका अध्यक्षलाई निलम्बन गर्न प्रस्ताव

  • 453
    SHARES
  • वायुसेवा निगमका अध्यक्षलाई निलम्बन गर्न प्रस्ताव

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको छ ।

    मन्त्रालयले निगमलाई वित्तीय हानि नोक्सानी पुर्याएको आरोपसहित उनलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।

    कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सच्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठलो वित्तीय हानी नोक्सानी पुर्याएको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधैँ टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफै सलग्न भई व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको  लगायतका आरोप उनीमाथि लगाइएकाे छ ।

    त्यस्तै सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको, निगमको व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन नसकेको पनि उक्त प्रस्तावमा उल्लेख गरिएको छ ।

    प्रस्ताव पेस गर्न विभागीय मन्त्रीबाट मिति २०७९।०२।२६ मा स्वीकृति प्राप्त भएकोले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची–१ विषय संख्या ४१ वमोजिम यो प्रस्ताव पेस गरिएको गत २६ जेठमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले पेस गरेको प्रस्तावमा उक्त यीउल्लेख गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij