वेबटिभी खबर
काठमाडौं । बुर्नो फर्नान्डेज र इडिन्सन काभानीले २-२ गोल गरेपछि पछि परेकोको स्थितिबाट पुनरागमन गरी म्यानचेस्टर युनाइटेडले अर्को महिना हुने युरोपा लिग फाइनलका लागि स्थान लगभग सुरक्षित गरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोटमा युनाइटेड पहिलो हाफमा २-१ ले पछि थियो । तर दोस्रो हाफमा एकतर्फी प्रदर्शन गरेको उसले ६-२ को फराकिलो जित हासिल गरेको हो ।
फर्नो फर्नान्डेजले नवौं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा आयो ।
पाउल पोग्वाले बक्सभित्र ह्याण्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा बोस्नियाका स्ट्राइकर इडेन जेकोले गोल गरी पहिलो हाफमा २-१ को अग्रता बनाएका थिए ।
तर दोस्रो हाफमा युनाइटेड सुधारियो । ४८ औं मिनेटमै काभानीले गोल गरी खेल बराबरीमा ल्याए ।
६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दा ७१ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
७५ औं मिनेटमा पोग्वा र ८६ औं मिनेटमा काभानीको पासमा ग्रिनउडले गोल गरी ६-२ को जित निश्चित गरे ।
युरोपेली स्तरको सेमिफाइनल खेलमा सन् १९६४ पछि पहिलोपल्ट ६ गोल सम्भव भएको हो । यसअघि रियल मड्रिडले तत्कालीन युरोपियन कपमा ६ गोल गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij