Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

  • 370
    SHARES
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-८ मलभङ्गा गाउँको पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको ६ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

    गाउँमा रहेको इँटाभट्टामा खेलिरहेका बालिका नजिकै रहेको पोखरीमा सोमबार बेलुका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पुर्‍याएका थिए । क्लिनिकमा उपचारका क्रममा उनहिरूको मृत्यु भएको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij