वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ५६ जना निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बिहीवार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।
बैठकले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उप-नियम (१) को (ग) बमोजिम बढुवा गर्ने निर्णय गरेको हो । बढुवामा चित्त नबुझेका अधिकारीहरूले त्यसबिरुद्ध सात दिनभित्र नियम अनुसार उजुरी दिन सक्ने छन् ।
यी हुन् बढुवा सिफारिस भएका सशस्त्र निरीक्षकहरू
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij