Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाँकेमा एकै रातमा चार संक्रमितको मृत्यु

बाँकेमा एकै रातमा चार संक्रमितको मृत्यु

  • 922
    SHARES
  • बाँकेमा एकै रातमा चार संक्रमितको मृत्यु

    राँझा । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । 

    उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका-२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका-२ बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

    यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका-११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गए राति करिब ८ः०० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । खजुरा गाउँपालिका-३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको छ ।

    वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

    योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij