वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा गठबन्धन सरकारको समीक्षादेखि प्रदेश तथा संघीय निर्वाचनका विषयमा छलफल भइरहेकाे प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
यसैगरी भ्रातृ र शुभेच्छुक संस्थाको आबद्धताका लागि परेका निवेदनमाथि पनि बैठकमा छलफल भइरहेकाे उनले बताए । सरकार गठन भएको एक वर्ष पुगेको विषय पनि समीक्षा र आगामी निर्वाचनको रणनीतिका विषयमा पनि छलफल जारी रहेकाे उनको भनाइ छ ।
स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेन्डा रहेको छ । बैठकमा सहभागीहरूले स्थानीय निर्वाचनका अनुभव सुनाउने र त्यसपछि संघ तथा प्रदेश निर्वाचनको विषयमा छलफल भइरहेकाे उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij