वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् ।
देशमा धार्मिक बहसका कुराहरु उठिरहेको दाबी गर्दै उनले कांग्रेसले हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिनुपर्ने बताए । उनले अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देश ठूलो बेथितिमा फस्ने र जनतामा वितृष्णा पैदा हुने दाबी गरे ।
अन्ततः चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिएको भन्दै उनले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठीक हुने धारणा राखे । यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका थिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij