Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • 363
    SHARES
  • बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रूपैयाँ थियो ।

    मंगलबार सुनको मूल्य तोलामा दुई सय रूपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रूपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रूपैयाँ थियो ।

    आज चाँदीको तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला ११ सय ६५ रूपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रूपैयाँ थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij