वेबटिभी खबर
काठमाडौं । प्रहरीले पेस्तोलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बेसीँशहर नगरपालिका-१ उदिपुर क्षेत्रबाट भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि आज साँझ ती युवालाई सार्वजनिक गरिएको हो ।
उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।
आज जिल्ला अदालत लगेर म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij