Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

  • 469
    SHARES
  • धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

    काठमाडौं । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका सोनिल राईको शव दुई महिनापछि घर ल्याइएको छ ।

    साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय राईको शव आइतबार घर ल्याइएको हो ।

    शवलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो । पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार दाहसंस्कार गरिएको छ ।

    रेष्टुरेन्ट वर्करको रूपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्ने क्रममा कारको ठक्करबाट मृत्यु भएको थियो ।

    ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको साेनिलका आफन्त हिराधन चाम्लिङले बताए । तर मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो ।

    तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ ।

    तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरूमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ ।

    राईका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij