Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटवार्ता

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटवार्ता

  • 571
    SHARES
  • कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा नेपालको भौतिक पूर्वाधार निर्माणका बिषयमा छलफल भएको जनाइएको छ ।

    सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्यअघि बढाएको अयोध्या-भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन् ।

    निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक बिभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए । जटही-जनकपुर-ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधारमन्त्री भएकै बेला सम्पन्न भएको थियो ।

    यसैगरी कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म बैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन् ।

    यसैबीच मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको थियाे । भेटमा दुबै देशको सडक, जलस्रोत, उर्जा विकास तथा बाढी नियन्त्रण लगायतका बिषयमा छलफल भएको थियो ।

    मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा पनि सहभागी थिए । त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राबिधिक सहयोग उपलब्ध गराउने बिषय अगाडि सारेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij