वेबटिभी खबर
काठमाडौं । बझाङ प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार सुपप्र ०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारील बस्ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई साढे ११ किलो चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बस बित्थडचिर गाउँपालिका-८ बागथलास्थित जयपृथ्बी राजमार्गमा चेकजाँच गर्ने क्रममा खडायतलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपीं) ज्ञानबहादुर बिष्टले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij