Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

निर्वाचनपछि माओवादी पहिलो कम्युनिष्ट शक्तिः पञ्चा सिंह 

निर्वाचनपछि माओवादी पहिलो कम्युनिष्ट शक्तिः पञ्चा सिंह 

  • श्रावण २०, २०७९ शुक्रवार २२:३० बजे
  • 530
    SHARES
  • निर्वाचनपछि माओवादी पहिलो कम्युनिष्ट शक्तिः पञ्चा सिंह 

    पोखरा ।  अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले मंसिर ४ गते हुने निर्वाचनपछि नेकपा माओवादी केन्द्र मुलुकको पहिलो कम्युनिस्ट शक्ति बन्ने दाबी गरेकी छन्।  अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीकी केन्द्रीय  सदस्य समेत रहेकी सिंहले यस्तो दाबी गरेकी हुन् । 

    निर्वाचनपछि गठबन्धन बाहिरका शक्तिलाई मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने उनको जिकिर थियो। उनले  गठबन्धनको दोस्रो  ठूलो  शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने दाबी गरिन्। 

    तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी)ले  सुदुरपश्चिम, लुम्बिनी, कर्णाली, सहित एक नम्बर प्रदेशमा  भेला सकिसकेको छ। यस्तै बागमती प्रदेश र मधेश प्रदेशमा साउनभित्रै भेला सम्पन्न हुने महासचिव दिपेश पुनले जानकारी दिए ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij