Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पिपुल्स पावरले आइपीओ निष्कासन गर्दै

पिपुल्स पावरले आइपीओ निष्कासन गर्दै

  • 365
    SHARES
  • पिपुल्स पावरले आइपीओ निष्कासन गर्दै

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो ।

    कम्पनीले प्रति शेयर १०० अंकित दरका २४ लाख ६७ हजार ४ सय कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारीलाई र १ लाख २३ हजार ३७० कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार ६ सय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

    सार्वजनिक आह्वानपत्रअनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले इलामको इलाम नगरपालिका-१ र ४ मा पर्ने पुवा खोलामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij