वेबटिभी खबर
बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ ।
लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल-११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।
खत्रीको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij