वेबटिभी खबर
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।
उनीहरुलाई अस्पतालमा लगेपछि मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय चपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ ।
बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij