Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते

प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते

  • 276
    SHARES
  • प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते

    काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका-४ मा साेमबार गाडी (वीङ्गर) दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

    दाङको भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको वीङ्गर आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो ।

    घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका-२ बस्ने ज्ञानहरि भुषालका चार वर्षीय छोरा प्रमिसको अवस्था गम्भिर रहेको छ ।

    घाइते ६ जनालाई उपचारको लागि बुटवल पठाइएको छ । तीन जनाको स्थानीय साझा पोलिक्लिनिक र एक जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij