Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इस्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुला

इस्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुला

  • 319
    SHARES
  • इस्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुला

    काठमाडौं । इस्टर्न हाइड्रोपावरले मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरेको छ ।

    कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त शेयर निष्कासन गरेको हो ।

    स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    यसमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आइपीओ खुला रहनेछ ।

    रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ ।

    जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij