Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सरकार कर्मचारीको पक्षमा छ : मन्त्री भुसाल

सरकार कर्मचारीको पक्षमा छ : मन्त्री भुसाल

  • 5.6K
    SHARES
  • सरकार कर्मचारीको पक्षमा छ : मन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छिन् ।

    कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्य निष्ट भएर लाग्न निर्देशन दिएकी हुन् ।

    राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्रयाक्सन इन्चार्जसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘सरकार कर्मचारी मैत्री छ, त्यसैले कोभिड-१९ ले अर्थतन्त्रमा पुर्‍याएको असर र रुस-युक्रेन युद्धको अवसरका बाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।’

    उनले कर्मचारी मैत्री संघीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्। कोभिड-१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन् ।

    ‘यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।’

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्नमा कर्मचारीको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले परिर्वतनको पक्षमा निरन्तर वकालत गर्न र गणतन्त्रको संस्थागत गर्न कर्मचारीले आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिइन् ।

    उनले संघीयताको मर्मअनुसार बढीभन्दा बढी जनतालाई गुणस्तरीय सेवा दिन आग्रहसमेत गरिन् । अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संघठन र राष्ट्रिय स्वस्थ्यकर्मी संघठनबीच गत वैशाखमा एकीकरण भएको हो ।

    सो कार्यक्रमका कर्मचारीका नेताहरूले श्रमजीवी कर्मचारीको श्रमको सम्मान नभएको र संघीय निजामति ऐन कर्मचारीमैत्री ल्याउनुपर्ने माग गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij